मधेस प्रदेशमा नेकपाका चार जना मन्त्रीको सामूहिक राजीनामा

काठमाडाैँ । मधेस प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

राजनीतिक निकासका लागि भन्दै उनीहरूले आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा चारै जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो रहेका छन्।

उनीहरूले राजीनामा पत्रमा राजनीतिक निकासका लागि सामूहिक राजीनामा पेस गरेको उल्लेख गरेका छन्। साथै मुख्यमन्त्री यादवले अहिलेसम्म गरेको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

चार मन्त्रीको सामूहिक राजीनामासँगै अब मधेस प्रदेश सरकारको राजनीतिक नयाँ समीकरण अन्तर्गत नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल ९जसपा० र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलेर सरकार बनाउने सहमति समेत गरिसकेका छन्।

सम्बन्धित समाचार

सबै