छठ मनाउन सर्लाही आउँदै कांग्रेस सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा तराई-मधेशको महत्त्वपूर्ण एवं लोकआस्थाको पर्व छठ मनाउन सर्लाही क्षेत्र नम्बर ४ आउने भएका छन्।

काठमाडौँमा नेपाल संवत् तथा तिहार पर्व सम्पन्न गरेलगत्तै उनी छठ पूजाको मुख्य अवसर पारेर सर्लाही आउने कार्यतालिका तय भएको उनको सचिवालयले जनाएको छ।

सभापति थापा गत फागुन २१ मा सम्पन्न निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका थिए।

सचिवालयका अनुसार सर्लाही बसाइका क्रममा उनले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटहरूमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक विधिमा सहभागिता जनाउनेछन्।

यसका साथै उनले स्थानीय मतदाता, सर्वसाधारण नागरिक तथा पार्टीका नेता-कार्यकर्ताहरूसँग प्रत्यक्ष भेटघाट गरी छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

बुधबार भाइटीकाको दिन घरमै पारिवारिक वातावरणमा तिहार मनाएपछि उनी छठ पर्वका लागि सर्लाही प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

सबै