सर्लाही : कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका अभिषेक प्रताप शाहको अविराम विजयलाई रोक्दै नेकपा एमालेका मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन्। केही समयअघि मात्र एमाले प्रवेश गरेका गुप्ताले यसपटक विगतका सबै पराजयको बदला लिएका छन्।
एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याए। उनीहरुबीचको मतान्तर ३ हजार ६३७ रहेको छ।
यो क्षेत्रमा एमालेको संसदीय इतिहासमै पहिलो बिजय हो।