काठमाडौँ : वैदेशिक रोजगारीमा कतार पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीका एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिकाका घर भएर काठमाडौँ बस्ने ३१ वर्षीय खालिक खान छन्।
खालिकलाई काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–१५ स्थित तिनथानाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए।
एक पीडितसँग ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउ गरेका उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको छ।