बर्दिबास : महोत्तरीमा एक युवतीको शव फेला परेको छ।
जिल्लाको बर्दिबास नगरपालिका-५ टुटेश्वर मन्दिर नजिकको वनकमा अन्दाजी २० वर्षीया युवतीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
युवतीको शव परीक्षणका लागि बर्दिवास अस्पताल लगिएको छ।