उपेन्द्र यादवले मधेशी जनतालाई पटकपटक धोखा दिए- मन्त्री यादव

वीरगञ्जः संघीय खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता लोभका कारण मधेशी जनतालाई धोखा दिएको आरोप लगाएका छन्।

आज पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अशोक राई नेतृत्वको जसपाका उपमहासचिवसमेत रहेका मन्त्री यादवले जसपा नेपाल नेतृत्वको अनैतिक सम्झौताको प्रवृत्ति जनआकांक्षासँग मेल नखाने पनि बताए।

मन्त्री यादवले भने, ‘सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक मधेशका जनतासँग धोका गरेको सर्वविदितै छ। हामी त्यस्तो छैनौँ, हामी केवल राजनीति गर्न होइन, जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउनका निमित्त आएका छौँ। जसपा नै अबको विकल्प हो।’

नवप्रवेशीहरूलाई स्वागत गर्दै यादवले पार्टीको आधार अझ सुदृढ भएको बताए। उनले भने, ‘जसपा नेपालबाट निराश भएका नेता तथा कार्यकर्ताहरू अहिले नयाँ विकल्पको खोजीमा हुनुहुन्छ, र यो विकल्प जसपा बनेर आएको छ।’

सम्बन्धित समाचार

सबै