सर्लाहीमा दिपावलीको लागि तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

धनकौल : सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको धनकौल गाउँपालिका–२,मन्त्रीटोलका ३५ वर्षीय जितेन्द्र सिंहको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

दिपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवा हुँदै काब्या अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु हो।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै