बाघको आक्रमणबाट रौतहटमा वडाध्यक्षसहित २ जना गम्मीर घाइते

चन्द्रनिगाहपुर : रौतहटमा बाघको आक्रमणबाट वडाध्यक्षसहित २ जना घाइते भएका छन्।

शनिवार बाघको आक्रमणबाट रौतहटको गुजरा नगरपालिका-१ का वडाध्यक्ष रामजित चौधरी गम्भीर घाइते भएका हुन्। उनीसँगै सोही वडाका बौराई चौधरी घाइते भएका र उनीहरूको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ।

घाइते दुवै जनालाई आइसियुमा राखेर उपचार भइरहेको वडाध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले जानकारी दिइन्।

गुजरा-१ रङ्गपुर गाउँ छेउको लमहा खोलाबाट खेतमा पानी लगाइरहेका बेला बौराईलाई बाघले आक्रमण गरेको थियो। बौराईलाई बचाउन खोज्दा वडाध्यक्ष चौधरीमाथि पनि बाघले आक्रमण गरेको मधुले जानकारी दिइन्।

इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

सबै