लालबन्दी : बोक्सी आरोपमा अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

लालबन्दी : महिलालाई बोक्सी भन्दै तथानाम गाली गरेको आरोपमा अदालतबाट सजाय पाएपछि फरार भएका अभियुक्तलाई लालबन्दी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालबबन्दी नगरपालिका–५, बस्ने ३७ वर्षीय नारायणप्रसाद उप्रेती रहेका छन्।

उप्रेतीलाई सर्लाही जिल्ला अदालतले २०७८ साल पुस २ गते बोक्सी आरोप मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद, १० हजार जरिवाना र पीडितका लागि ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

सुरुमा धरौटी बुझाएर हिरासतमुक्त भएका उप्रेती पछिलाई अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दा दोषी ठहर गर्दै सजाय तोकेको थियो। त्यसपछि उनी फरार भएका थिए।

पक्राउ परेका उप्रेतीलाई कैद, जरिवाना असुलका लागि मलंगवा कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले बताए।

सम्बन्धित समाचार

सबै