सिरहामा स्कुल बसको ठक्करबाट एकै परिवारका तीनजना गम्भीर घाइते

सिरहा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका-१३ मा विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ आइरहेको बा.१८ प. ८३२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र२-०१-००१प. ७९ नम्बरको संकल्प विद्या आश्रमको बसले ठक्कर दिँदा उदयपुरको एकै परिवारका तीनजना घाइते भएका हुन्।

घाइते हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-६ देउरीका ४० वर्षीय किरण थापा, उनकी श्रीमती २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा रहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

घाइतेहरुको प्रादेशिक अस्पताल लहानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। बस चालक दिपेशकुमार चौधरीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै