आसिफ र आरिफलाई वीरगञ्ज महानगरले १-१ थान मोटरसाइकल दिने

14

सर्लाही : आईसीसी विश्वकप लिग डिभिजन टुअन्तर्गत यूएईलाई हराउँदै विश्वकप ग्लोबल क्वालिफायरमा छनोट गराउन सफल भएको भन्दै वीरगञ्ज महानगरपालिकाले दुई खेलाडीलाई १/१ थान मोटरसाइकल दिने निर्णय गरेको छ।

बाराका दुई खेलाडी आसिफ र आरिफ शेखलाई वीरगञ्ज महानगरपालिकाले बधाईसहित मोटरसाइकल दिने निर्णय गरेको हो।

विश्वकप क्रिकेट लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका उनीहरू दाजुभाइ हुन्।

उनीहरूलाई यामाहाको एफ जेड -एफआई मोटरसाइकल दिइने निर्णय गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विज्ञप्तिमार्फत घोषणा गरेका हुन्।

नेपालले हिजो (बिहीबार) त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई डिएल मेथडमा ९ रनले पराजित गरेको थियो।