सर्लाही : जंगली जनावरलाई थापिएको करेन्टमा परि सर्लाहीमा एकजनाको मृत्यु भएको छ।
जिल्लाको बलरा नगरपालिका-५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको करेन्ट लागेर मृत्यु भएको हो।
महतो गएराति पिसाब फेर्न जाँदा छिमेकीको मकै बारी घेरेर थापिएको विद्युतीय धरापमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा जनाएको छ।
प्रहरी अनुसार मृतक रामअक्षयको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेर लगेका छन्।
जङ्गली जनावरले बालीनाली खाएर नष्ट गर्न थालेपछि सर्लाहीका किसानले यसरी खेतबारीमा विद्युतीय करेन्ट राख्ने गरेका छन्।