तराईमा तातो हावा चल्छ,बाहिर ननिस्किनू : मौसमविद्

276

काठमाडौं :  तराईमा तातो हावा चल्ने भन्दै मौसमविद्हरूले त्यस क्षेत्रका नागरिकलाई बाहिर ननिस्किन आग्रह गरेका छन् । एक बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले यस्तो आग्रह गरेको हो ।

सतर्कता नअपनाए ‘लु’ लाग्नसक्ने महाशाखाले जनाएको छ । “आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू-भागमा अधिकतम् र न्यूनतम् तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, देशका तराई भू-भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु (Heat wave) लाग्न सक्ने सम्भावना रहेकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” बुलेटिनमा भनिएको छ ।

साथै पहाडी भेगका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले मौसम महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमान हेरिरहन अनुरोध गरिएको छ ।