कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

बारा : मधेश मुख्यमन्त्री सतिस सिंह बाराको कलैयामा निजी अस्तपताको अनुगमनमा छन् । शनिबार बिहानदेखि मुख्यमन्त्री सिंहले निजी अस्पतालहरुको अनुगमन सुरु गरेका हुन् ।

यसैबिच मुख्यमन्त्री सिंहले कलैयाको योगशिला अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् । मापदण्डविरीत सञ्चालन भएको पाइएपछि उनले तत्कालै बन्द गर्न निर्देशन दिएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

१५ शय्याको यस अस्पतालमा शल्यक्रियाका गर्न नमिल्ने अनुगमनका क्रममा देखिएको थियो ।

गएको २५ माघदेखि मुख्यमन्त्री सिंहले मधेश प्रदेशभरि रहेका निजी अस्पतालको अनुगमन गरिरहेका छन् । हालसम्म मुख्यमन्त्री सिंहले प्रदेशका १८० वटा निजी अस्पतालहरू अनुगमन गरिसकेका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

जसमध्ये १३३ वटा वटा मापदण्डविपरीत सञ्चालित रहेको पाइएको छ ।

सम्बन्धित समाचार

सबै