काठमाडौं : कालीमाटी तरकारी बजारका व्यापारीहरुले सडक किनारमा गोलभेँडा फालेका छन्।
मूल्य नपाएको भन्दै किसानहरुले आइतबार बिहान कालीमाटी बजारमा टमाटर फ्यालेर विरोध प्रदर्शन गरेका हुन्।
खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका छन्। काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका छन्।
भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले उचित मूल्य पाउन नसकेको, उत्पादित तरकारी बिक्री नभएको भन्दै उनीहरुले टमाटर फालेका छन्।
समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको उनीहरुले आरोप लगाएका छन्।