लालबन्दी : मकवानपुरको मनहरी गाउँपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति इँटा लोड ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ३२५४ नम्बरको ट्रक विद्युत्को पोलमा ठोक्किएर पल्टिएको हो।
दुर्घटना शनिबार राति करिब ०१:३० बजे ज्यामिरे चौधमाइलनजिकै भएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ।
दुर्घटनामा ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका-२ निवासी ३१ वर्षीय सन्दीप लामा टाउको र घाटीमा चोट लागेको छ। यस्तै, ट्रकका साहु सर्लाहीको बागमती नगरपालिका-८ निवासी ३१ वर्षीय नवीन कुमार गरङजाको बाँया खुट्टामा चोट लागेको छ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि मनहरी अस्पताल लगिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।