धनुषा: श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

१० महिनाकी छोरी अझै बेपत्ता

ढल्केवर : धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ बनिनियाँका हरिराम यादवलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। यादव करिब तीन महिनादेखि फरार थिए।

गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो। घटनापछि उनका श्रीमान् हरिराम यादव १० महिनाकी छोरी लिएर फरार भएका थिए। त्यसयता छोरीको अवस्थाबारे केही अत्तोपत्तो लागेको छैन।

स्थानीयका अनुसार हरिराम यादव पत्नी अञ्जलीसँग बारम्बार झगडा गर्ने र कुटपिट समेत गरिरहने गर्थे। घटनापछि उनी फरार भएकाले हत्या प्रकरणमा उनको संलग्नतामाथि पहिल्यैदेखि आशंका गरिँदै आएको थियो।

धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी दिने जनाएका छन्। पक्राउ परेका यादवलाई सोही पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने तयारी भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै