हरिवन : महोत्तरीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेको छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दीबास चोकबाट लुकाएर लैजाँदै गरिएको ३० पोका गाँजा (१५० केजी) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दीबास र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले इलाका प्रहरी नायव सरोजकुमार अधिकारीको कमान्डमा बा. ११ च. ३४९४ नम्बरको सेतो स्कारपियो रोकेर जाँच गर्दा पछाडिको सिटको तल लुकाई राखिएको अवस्थामा गाँजा फेला परेको हो।
गाँजासहित चालक सर्लाहीको हरिवन-५, घुर्कौलाका ३५ वर्षीय लालबाबु साह र गाडीमा सवार हरिवन-३ का २१ वर्षीय अभिषेक परियारलाई नियन्त्रणमा लिएको छ।
सवारीसाधनसमेत नियन्त्रणमा लिएर र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए।