लालबन्दी : सर्लाहीको बरहथवा नगरपालिका–१४ सहिदपुरमा ट्याक्टर पल्टिँदा चालक घाइते भएका छन् ।
बिहीबार दिउँसो करिब २ : ४५ बजे सहिदपुरबाट बिनुवा टोलतर्फ जाँदै गरेको ज १ त २६०६ नम्बरको ट्याक्टर मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्टर चालक बरहथवा नगरपालिका–३ का ५० वर्षीय मुस्लिम मिया मन्सुरीको छातिमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि बरहथवास्थित नगर अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ ।
दुर्घटनाको जानकारी पाउँना साथ इलाका प्रहरी कार्यालय हिरापुरबाट प्रहरी निरीक्षक बैजनाथ दासको कमाण्डमा दुई जना प्रहरी टोली खटिएको थियो । ट्याक्टर हाल पनि दुर्घटनास्थलमै रहेको र उठाउने प्रयास भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
बाटोमा कुनै अवरोध नरहेको र घाइतेको उपचारमा उनका छोरा संलग्न रहेको बताइएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हिरापुरबाट करिब ५ किलोमिटर पश्चिममा पर्छ।