कुलमान घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन गरिने

लालबन्दी : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीमा एक विशेष कार्यक्रमका बीच नागरिक अभिनन्दन गरिने भएको छ।

सर्लाहीको हरिवनमा सक्रिय नागरिक अभिनन्दन मूल समितिको आयोजनामा यही जेठ २८ गते बिहान ११:०० बजे हरिवन–११ स्थित सरस्वती पार्टी प्यालेसमा उक्त कार्यक्रम हुने जनाइएको छ।

समितिका संयोजक धन बहादुर भिक्षुकद्वारा हस्ताक्षरित निमन्त्रणा पत्रमा जनाइएअनुसार ऊर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याई मुलुकलाई लोडसेडिङ मुक्त बनाउने तथा विद्युत् आपूर्ति सहज बनाई राष्ट्रको समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका घिसिङलाई सर्लाही जिल्लावासी नागरिकको तर्फबाट सम्मान गरिने कार्यक्रम तय गरिएको हो।

‘कार्यक्रममा उपस्थित भई कार्यक्रममा गरिमा थपिदिन सबैलाई हार्दिक अनुरोध गरिएको छ’ निमन्त्रणा पत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

सबै