नवलपरासी (पश्चिम) : जिल्लाको रामग्राम नगरपालिका-१०,मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या अभियोगमा उनकै देवर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २७ वर्षीय चन्दन चौधरी रहेका छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
जग्गाको विषयलाई लिएर वादविवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार मिरा गम्भीर घाइते भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।
गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएपछि चन्दनलाई प्रहरीले पक्रेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।