किशोरी बलात्कार आरोपमा सर्लाहीका डाक्टर पक्राउ

लालबन्दी : किशोरीलाई बलात्कार गरेको आरोपमा चिकित्सकलाई पक्राउ परेका छ्न्।

पक्राउ पर्नेमा सर्लाहीको बलरा घर भई महोत्तरीको बर्दीबासस्थित डीएनबी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय चिकित्सक डा. प्रवीण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

आफूलाई मिश्रले बलात्कार गरेको जानकारी किशोरीले अभिभावकलाई गराएपछि अभिभावकले इलाका प्रहरी कार्यालय बर्दिबासमा बलात्कारसम्बन्धी किटानी जाहेरी दिएका थिए।

पक्राउ परेको मिश्रमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै