बारा : बारामा पोखरीमा डुबेर बुधबार सात वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-३ गंगापुरका रामईश्वर साहका सात वर्षीय छोरा संजित रहेका छन्।
घर नजिकैको छठघाटको पोखरीमा डुबेर बालकको मृत्यु भएको हो। छठ पूजाका लागि बनाइएको पोखरीमा जमेको पानीमा बालक डुबेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
पोखरीमा डुबेर गम्भीर घाइते भएका बालकलाई कलैयास्थित आशीर्वाद अस्पताल लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।