कविलासी : सर्लाहीमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ ।
कविलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिरको खोलाले बगाएर मृत्यु भएको हो । जमिरलाई आज बिहान लखन्देही खोला पारी खेतमा काम गर्न जाँदा बरहथवा नगरपालिका–१६ बाट बाढीले बगाएको थियो ।
परिवारले उनी बेपत्ता भएको जानकारी दिएपछि खोजी गर्नेक्रममा आज दिउँसो बरहथवा नगरपालिका–१७, स्थित बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकाको सीमामा पर्ने खोला किनारमा जमिरलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएर घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।