धनुषा : आफ्नै छोराको हत्या आरोपमा एक जना वृद्धलाई २० वर्षपछि धनुषा प्रहरीले पक्राउ गरेको छ।
हत्या आरोमा जिल्लाको मिथिला नगरपालिका-३, हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले विहीबार पक्राउ गरेको हो।
२०६० मङ्सिर ४ गते आफ्नै छोरा १७ वर्षीय सोलिदर महतोलाई घाँटीमा गम्छा बेरेर हत्या गरेको अभियोगमा महेशलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले बताए।
घटना पश्चात् फरार रहेका महतोलाई घर आएको बेला प्रहरीले नियन्त्रणमा लिएको हो।