गौर । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत भेटिएकी रुवी शाह सुडीको हत्यामा संलग्न आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शव फाल्न भाडामा दिएका रिक्साका चालक गौरका लक्ष्मण महरा प्रहरी नियन्त्रणमा छन्। भदौ ७ मा राति गौर नगरपालिका–२ मा बस्दै आएकी २६ वर्षीया रुवी मृत भेटिएकी थिइन् ।
प्रहरी हत्याराको नजिक पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले बताए । उनले भने, ‘धेरैसँग सोधपुछ गर्ने काम भइरहेको छ, हामी हत्याराको नजिक पुगेका छौँ ।’
माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले १३ वर्ष पहिले भारतमा विवाह गरेकी थिइन् । उनको शव व्यवस्थापन गर्न रिक्सा प्रयोग भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
रिक्सा चालकको बयानको आधारमा हत्यारासम्म पुग्ने आकलन गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।