नवलपुरमा भएको सवारी दुर्घटनामा लालबन्दीकी महिलाको मृत्यु

लालबन्दी । नवलपुरमा भएको सवारी दुर्घटनामा सर्लाहीका एक जनाको जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको चोरमारा बजारमा शनिबार दिउँसो पूर्व–पश्चिम राजमार्गमा कावासोतीबाट नवलपरासीतर्फ जाँदै गरेको जिजे १४जेड ६४६ नम्बरको भारतीय बसले सोही दिशामा जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–४ बस्ने अनिता चौधरीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा अनिता चौधरीका श्रीमान् नरेश चौधरी र उनीहरूका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइते नरेश चौधरी नेपाल प्रहरीमा कार्यरत सहायक हवल्दार हुन् ।

घाइतेहरूको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि मेडिकल इक्युप्मेन्टसहित चिकित्सकको निगरानीमा चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै