लालबन्दी घटना अपडेट : लुटेराको चक्कु प्रहारबाट घरधनी घाइते

1655

लालबन्दी : सर्लाहीमा हतियारधारी समूहले लुटपाट गरेको छ।

जिल्लाको लालबन्दी नगरपालिका-५, नयाँटोलमा वडा कार्यालय नजिक रहेको रामचरित्र ठाकुरको घरमा बिहीबार बिहान हतियारधारी समूहले लुटपाट गरेको हो।

मुखमा रुमाल बाँधेर आएका ५/६ जनाको समूहले ठाकुरको घरबाट नगदका साथै अन्य सामानहरु लुटेर लगेको प्रहरीले जनाएको छ।

लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका छन्। उनको टाउकोमा चक्कु प्रहार भएको छ। घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ।

ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए।

घटनास्थलबाट पड्किसकेको अवस्थामा एक थान कटुवा पेस्तोलसमेत बरामद भएको छ। लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

यो पनि :

लालबन्दीमा गोली चल्यो
https://sarlahinews.com/?p=9165