टिपरले ट्याक्टरलाई ठक्कर दिँदा सर्लाहीमा एक जना गम्भीर घाइते

मलंगवा । सर्लाहीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको बरहथवा नगरपालिका वटा नम्बर ११ स्थित मधुवनी – नयाँरोड सडकखण्डमा आइतबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा जिल्लाको बरहथवा नगरपालिका ४ निवासी अन्दाजी ३० वर्षीय अनिल महतो रहेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । बरहथवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ।

गिट्टी बोकेको १५८ नम्बरको टिपरले बिपरित दिशाबाट उखु बोकेर आउँदै गरेको ट्याक्टरलाई आज बिहान करीव ८ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेका दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

टिपर मधेश प्रदेशका प्रदेश शभा सदस्य वीरेन्द्र प्रसाद सिंहका दाई सुरेन्द्र सिंहको क्रसर उद्योगको रहेको पाईएको छ भने दुर्घटनामा टिपर चालक सर्लाहीको बसबरिया गाउँपालिका ३ निवासी सन्तोष कुमार सिंह सामान्य घाईते भएको र उनलाई उपचारका लागि उनका आफन्तले नै अस्पताल लगेको इलाका प्रहरी कार्यालय हिरापुरले जनाएको छ।

सम्बन्धित समाचार

सबै