रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ।

बिहान करिब ५ः३० बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल झाझपुल नजिकै अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

स्थानीयले दुर्घटनाग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गंगापिपरा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठा निवासी २४ वर्षीय जितेन्द्र साह र पछाडि सवार उनकी श्रीमती २२ वर्षीया पुनम देवी साह गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका दुवै जनालाई गौर प्रादेशिक अस्पताल उपचार गर्नका लागि पठाइएको थियो।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै