इनिशा विक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै सर्लाहीमा प्रदर्शन

लालबन्दी । इनिशा विकको हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै सर्लाहीमा विरोध प्रदर्शन गरिएको छ।

शनिबार दिउँसो सर्लाहीको नवलपुरमा दलित अधिकारकर्मी तथा स्थानीय बासिन्दाले र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले इनिसा विकलाई न्याय दिन, दोषीलाई तत्काल कडा कारबाही गर्न तथा भविष्यमा यस्ता जघन्य घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए।

प्रदर्शनमा सहभागीहरूले इनिसालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचार

सबै