नवलपुर–मलंगवा सडकखण्डमा दुर्घटना, साइकलयात्री वृद्धको मृत्यु

कविलासी । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका–८ स्थित सडकमा मप्र०२–००६ प ७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सोही स्थानका ६५ वर्षीय रामनरेश महतोको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको हो।दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै