चराउन छाडिएको भैंसी चोरेको आरोपमा सर्लाहीबाट एक जना पक्राउ

हरिवनः चर्न गएका भैंसी र पाडापाडी चोरी गरेको आरोपमा हरिवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बागमतीस्थित सागरनाथ वन परियोजनाको जंगलमा स्थानीयले चराउन छाडेका साना ठूला भैंसी र तिनका पाडापाडीलाई लखेट्दै धपाउँदै ल्याइरहेको अवस्थामा हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने २४ वर्षीय राजा हुसेनलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले हुसेनलाई हिजो १६ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो।

स्थानीयले जंगलमा चराउन छाडेका ठूलासाना गरी ८ वटा भैंसी र तिनका पाडापाडीहरू धपाउँदै ल्याउँदै गरेको अवस्थामा हुसेनलाई प्रहरीले पक्राउ गरेको हो।

हुसेन ल्याएका भैंसीहरू बागमती नगरपालिका वडा न ३ धरहरा बस्ने दुई जना स्थानीयको भनी खुल्न आएकाले उनलाई चोरी मुद्दा शीर्षकमा  जिल्ला सर्लाहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै