काठमाडौँमा बोलेरोले ठक्कर दिँदा सर्लाहीका युवकको मृत्यु

काठमाडौँ । बालेरोले ठक्कर दिँदा काठमाडौँमा एक पैदलयात्रीको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-४ सुकेधारामा बा१५ च ८५५० नम्बरको बोलेरोले ठक्कर दिँदा सर्लाहीका ३६ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपनको बालुवाखानी बस्दै आएका साहलाई मंगलबार बोलेरोले ठक्कर दिएको हो । उनको स्थायी ठेगाना भने सर्लाही रामगनर गाउँपालिका-४ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

सबै