मुआब्जा नपाएपछि स्थानीयले रोके पूर्व-पश्चिम रेल्वेको काम

जलेश्वर । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले काम रोकिएको हो ।

भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भंगाहाबाट बर्दिबाससम्मको काम रोकिएको हो ।

१४ जनालाई सातदेखि आठ करोड मुआब्जा दिन बाँकी रहेकाले विभागले रकम निकासका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको छ ।

बर्दिबासका पीडितहरूले मुआब्जाका लागि पटक-पटक रेल विभागमा धाइराखे पनि नपाउँदा यसअघि धेरै पटक काम रोक्ने चेतावनी दिएका थिए ।

तर रेल्वेले सुनुवाइ नगरेपछि अन्ततः पीडितहरूले बर्दिबासमा रेल्वे मार्गको निर्माण कार्य रोकेका हुन् ।

सम्बन्धित समाचार

सबै