जलेश्वरका होटलबाट अवैध यौन क्रियाकलापमा संलग्न ४ जना पक्राउ, ३ महिलाको उद्धार

जलेश्वर: महोत्तरीको जलेश्वरमा अवैध यौन क्रियाकलाप सञ्चालन भइरहेको आशंकामा प्रहरीले एक होटलमा छापा मारेर होटल सञ्चालकसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

जलेश्वर नगरपालिका–२ मा रहेको ‘कोइराला होटल तथा लज’बाट आइतबार दिउँसो करिब ३ बजेतिर ४५ वर्षीया महिला सञ्चालकसहित २८ र ३६ वर्षका दुई भारतीय नागरिक तथा सोही वडाका ६० वर्षीय एक पुरुष पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको टोलीले उक्त होटलमा छापा मार्दा केही महिलालाई प्रलोभनमा पारेर जबरजस्ती यौन व्यवसायमा लगाइएको प्रारम्भिक तथ्य फेला परेको छ।

छापामार कारबाहीका क्रममा तीन जना महिलालाई विभिन्न कोठाबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै