वडाध्यक्षको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा बागमतीबाट एक जना पक्राउ

काठमाडौँ : अनलाइनबाट ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीको बागमतीबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकी रहेका छन्। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

तनहुँको म्याग्दे गाउँपालिका-४ का वडाध्यक्षको सामाजिक सञ्जाल फेसबुक ह्याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जरमार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी जम्मा १ लाख रुपैयाँ ठगी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवनको सहयोगमा सर्लाही बागमती नगरपालिका-१ बाट पक्राउ गरेको हो।

पक्राउ परेका बुढाथोकीउपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै