ढल्केबरस्थित होटलमा युवती मृत फेला, सञ्चालक र कामदार फरार

धनुषा । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक होटलमा मंगलबार बिहान एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

ढल्केबरस्थित ‘जुन तारा स्टाप लाइन होटल’ मा २३ वर्षीया जेनिसा विक मृत भेटिएको प्रहरीले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१३, मियापाटी स्थायी घर भई हाल ढल्केबरमा डेरा गरी बस्दै आएकी विकको शव होटलको कोठामा फेला परेको हो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार मृतकको मुखबाट फिज निस्किएको अवस्थामा शव भेटिएको थियो ।

घटनालगत्तै होटल सञ्चालक रामपुकार साह र होटलमा कार्यरत अन्य कामदारहरू फरार भएका छन् । फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै