रौतहट एसईई परीक्षामा चिट चोराउन सहयोग गरेको आरोपमा प्रहरीले शिक्षकसहित ४ जनालाई पक्राउ गरेको छ ।
ह्वाट्सएपमार्फत चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा चन्द्रपुर नगरपालिका–६ का १९ वर्षीय रन्जित साह, माबि सिम्राभवानिपुर नजिकैबाट चन्द्रपुर–७ बनबहुअरीका ४० वर्षीय तेजनारायण चौधरी मावि शितलपुर, गुजाराका शिक्षाक, गुजरा नगरपालिका ५ लक्ष्मीपुरका २१ वर्षीय महमद हुसेन र २४ वर्षीय समिर मन्सुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
एसईईको पाँचौँ दिन मंगलबार अनिवार्य समाजिक शिक्षा विषयको परीक्षामा विभिन्न स्थानमा बसेर ह्वाट्सएप मार्फत चिट चोराउन सहयोग गरेको फेला परेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका चारैजनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखिएको छ । उनीहरूले ह्वाट्सएप समूह प्रयोग गरी परीक्षार्थीलाई उत्तर पठाउने तथा चिटिङ गराउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले बताए ।