काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा सडक विस्तारका क्रममा पहिरो खसेर स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ।
मंगलबार चौंरीदेउराली गाउँपालिका वडा नम्बर–७ स्थित टाडिगाउँमा बा.२ क. २७९२ नम्बरको स्काभेटर पहिरोमा पुरिएको हो।
दुर्घटनामा परेर स्काभेटर चालक रौतहटको पौराही घर भएका ४१ वर्षीय दिलिप स्मालीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मध्यपहाडी लोकमार्गको सडक फराकिलो बनाउन ट्रयाक खन्ने क्रममा सडकको माथिल्लो भागबाट ढुङ्गासहितको ठूलो ढिस्को खसेर स्काभेटर पुरिएको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।