सरकारले हटाउने सूचना निकालेपछि धनुषामा सुकुमबासीको प्रदर्शन

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि प्रभावित स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनकारीले शुक्रबार बिहान जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादवले जानकारी दिए ।

क्षीरेश्वरनाथ नगरपालिकाले गत सोमबार सूचना जारी गर्दै नेपाल सरकार गृह मन्त्रालयको २०८३ वैशाख १६ गतेको पत्रअनुसार नगरपालिका क्षेत्रभित्र वडा नं १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा तथा अन्य संरचना सात दिनभित्र खाली गर्न आग्रह गरेको थियो।

नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमित क्षेत्र खाली नगरे सुरक्षाकर्मीको सहयोगमा हटाइने चेतावनीसमेत दिएको छ।

सूचनापछि प्रभावित स्थानीयवासीले वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै आन्दोलन थालेका हुन्।

सम्बन्धित समाचार

सबै