उपसभामुखलाई हर्क साम्पाङले पार्टीबाट निकाले !

 

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपसभामुख रुबीकुमारी ठाकुरप्रति असन्तुष्टि जनाएको छ।

पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उपसभामुख ठाकुर अब आफ्नो पार्टीको सदस्य नरहेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो तर वहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब । वहाँको निर्णयमा हाम्रो पार्टीको कुनै निर्देशन र ह्वीप रहँदैन । त्यसैले मैले खेद प्रकट गरिसकें। she is not part of us’

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश पदका लागि डा. मनोज शर्मालाई सिफारिस गरेपछि साम्पाङ असन्तुष्ट बनेका हुन् । उक्त बैठकमा उपसभामुख ठाकुरले हस्ताक्षर गरेको विषयलाई लिएर श्रम संस्कृति पार्टीले विरोध जनाएको छ ।

पार्टीको धारणा विपरीत निर्णयमा सहभागी भएको भन्दै साम्पाङले उपसभामुख ठाकुरमाथि सार्वजनिक रूपमा असहमति जनाएका हुन् । यस घटनाले पार्टीभित्रको आन्तरिक मतभेद समेत सतहमा ल्याएको छ ।

उपसभामुख ठाकुर समानुपातिकतर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।

सम्बन्धित समाचार

सबै