बरहथवा । बरहथवा नगरपालिकाले नगरभित्रको विटौरी जग्गा उपभोग गर्दै आएका तर विभिन्न कारणले तोकिएको समयमा निवेदन दिन नसकेका सरोकारवालाहरूलाई पुनः एकपटक अवसर प्रदान गरेको छ ।
आज २५ गते प्रकाशित एक अत्यन्त जरुरी सूचनामार्फत नगरपालिकाले निवेदन पेस गर्नका लागि ७ दिनको अन्तिम म्याद थप गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश घिमिरेका अनुसार यसअघि २०८२ साल कार्तिक १६ गते ३५ दिने सूचना प्रकाशन गरिएको थियो । उक्त समयसीमाभित्र सबै विटौरी जग्गाका लागि निवेदन प्राप्त नभएको र निवेदकहरूका समस्यालाई मध्यनजर गर्दै यो दोस्रो तथा अन्तिम सूचना जारी गरिएको हो ।
थपिएको म्याद अनुसार सरोकारवालाहरूले २०८३ साल जेठ १ गते शुक्रबारभित्र आवश्यक सम्पूर्ण कागजातसहित निवेदन पेस गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र पनि निवेदन पेस नगरेमा कार्यालयको निर्णयानुसार प्रक्रिया अगाडि बढ्ने र त्यसबाट उत्पन्न हुने कुनै पनि समस्याको जिम्मेवारी कार्यालयले नलिने सूचनामा स्पष्ट पारिएको छ ।
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरूः
निवेदकको नागरिकताको प्रतिलिपि
जग्गाको चौहद्दी खुल्ने प्रमाण
विगतदेखि हालसम्मको विटौरी शुल्क बुझाएको रसिद
सम्बन्धित वडाको सिफारिस
सम्बन्धित जग्गामा निर्माण भएको संरचनाको विवरण
निवेदकले भोगचलन गरेको जग्गा हो भनि देखिने अन्य प्रमाण