काठमाडौंमा सामाजिक सञ्जालबाट यौनधन्दा चलाउने लालबन्दीका एकसहित १६ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाले काठमाडौंमा सामाजिक सञ्जालको दुरुपयोग गरी यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने एउटा ठूलो गिरोहको पर्दाफास गरेको छ। प्रहरीले यस कार्यमा संलग्न १६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार यो गिरोहले फेसबुक र ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमार्फत ग्राहक खोज्ने, युवतीहरूको फोटो तथा भिडियो देखाएर मोलमोलाइ गर्ने र गौशाला तथा बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा यौनजन्य गतिविधि गराउने गरेको थियो।

पक्राउ पर्नेहरूमा मकवानपुरका ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाहीको लालबन्दी-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुरकै २८ वर्षीय विवेक स्याङ्तान र काठमाडौं शम्भुमार्गका राजकुमार गौतम छन्।

यसैगरी, पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यो गिरोहले ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी युवतीहरूलाई होटलसम्म पुर्‍याउने गरेको खुलेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै