गोडैतामा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ लगियो

गोडैता । सर्लाहीमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार घाइते मण्डलको मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनले के-कति कारणले यस्तो चरम कदम चाले भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

गम्भीर अवस्थामा रहेका मण्डललाई तत्काल प्राथमिक उपचारपछि थप र प्रभावकारी उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ।

सम्बन्धित समाचार

सबै