हरिवनः सर्लाहीमा जबर्जस्तीकरणी गरेको आरोपमा हरिवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बसबरिया गाउँपालिका वडा नम्बर ३ बस्ने रमण माझी रहेका छन्।
गएको जेठ १३ गते बागमती नगरपालिका वडा नं ४ जिरायतस्थित डाँडा टोलदेखि नयाँ बस्ती आवतजावत गर्ने कच्ची सडक बाटोको किनारामा नामथर नखुलेकी ३५ ४० वर्षकी महिलालाई बलात्कार गरेको आरोपमा माझी पक्राउ परेका हुन्।
माझीलाई प्रहरीले आज बागमती नगरपालिका ४ मगर टोलस्थित जिरायत सडक खण्डमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
बलात्कारपछि माझीले उक्त महिलाको मलद्वारमा सुकेको मकैको ढोडको टुक्रा छिराएर बीभत्स तरिकाले छाडेका थिए। अचेत अवस्थामा भेटिएकी ती महिलालाई हरिवन प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो। घटनाको १५ दिनपछि प्रहरीले माझीलाई पक्राउ गर्न सफल भएको हो।