बागमती नदीमा जलसतह बढ्यो: तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बागमती नदीको जलसतह बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार, गौरीघाटस्थित जलमापन केन्द्रले आज राति ८ बजे बागमती नदीको जलसतहले सतर्कताको तह पार गरेको जनाएको छ। पछिल्लो समय नदीमा पानीको सतह निरन्तर बढ्दो क्रममा रहेकाले जोखिम बढेको हो।

नदीको बहाव बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र सतर्कता अपनाउन प्राधिकरणले विशेष आग्रह गरेको छ। साथै, नदी किनारको बाटो भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई पनि उच्च सावधानी अपनाउन र सम्भावित जोखिमप्रति सचेत रहन सुचित गरिएको छ।

वर्षाका कारण नदीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको सूचनालाई पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सबै