जिल्ला प्रहरी कार्यालयकै शौचालयमा झुण्डिएको अवस्थामा महिला प्रहरी मृत फेला

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन्।

महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनी बाँकेको खजुरा गाउँपालिका–४ की उनी बिहीबार दिउँसो साढे ३ बजेतिर शौचालयमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। सुनारको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एक प्रहरीले जनाएका छन्।

घटनापछि अहिले जिल्ला प्रहरी कार्यालय खाली गराइएको छ। सेवाग्राहीलाई ‘विशेष बैठक’ भन्दै कार्यालय परिसरबाट फिर्ता पठाइएको छ।प्रहरीले सुरुमा घटनाबारे केही बताउन नचाहे पनि सञ्चारकर्मीहरूले जिल्ला प्रहरी कार्यालयमै छिरेर घटनाबारे रिपोर्टिङ गरेका थिए।

सम्बन्धित समाचार

सबै