मधेश सरकारले ल्यायो झण्डै ४४ अर्बको बजेट, कुन मन्त्रालयलाई कति ?

जनकपुरधाम : मधेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ।

अर्थमन्त्री भरतप्रसाद साहले शनिबार प्रदेशसभामा पेश गरेको बजेटको चालु तर्फ १६ अर्ब ०७ लाख १ हजार र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरिएको छ।

खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ०७ करोड ३० लाख, वित्तीय हस्तान्तरणबाट पाउने अनुदान ७ अर्ब ७९ करोड ९२ लाख तथा शसर्त अनुदान ३ अर्ब ५५ करोड ७८ लाख हजार हुने अनुमान प्रदेश सरकारको छ।

संघीय सरकारको राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार र आन्तरिक ऋण २ अर्ब उठाउने प्रदेश सरकारको घोषणा छ।

प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयलाई १३ अर्ब ११ करोड बजेट विनियोजन गरेको छ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब २१ करोड ६५ लाख ४ हजार, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयलाई ५ अर्ब १७ करोड, उद्योग पर्यटन मन्त्रालयलाई २ अर्ब ९८ करोड ५२ लाख २८ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई २ अर्ब ९७ करोड १९ लाख, शिक्षा तथा संस्कृति मन्त्रालयलाई २ अर्ब ९० करोड ५१ लाख ७६ हजार विनियोजन गरेको छ।

यस्तै वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब ४२ करोड ४६ लाख २५ हजार, खेलकुद तथा समाज कल्याण मन्त्रालयलाई १ अर्ब ९५ करोड ८३ लाख ५० हजार, श्रम तथा यातायात मन्त्रालयलाई ९९ करोड ९७ लाख ४८ हजार र सबभन्दा कम गृह सञ्चार तथा कानुन मन्त्रालयलाई ७७ करोड ५७ लाख ४ हजार विनियोजन गरेको छ।

सम्बन्धित समाचार

सबै