काठमाडौं : नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० अन्तराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरेका छन्। लामिछानेले बंगलादेशविरुद्ध २ विकेट लिँदै यो आँकडा पार गरेका हुन्।
लामिछाने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छोटो समयमै एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडीसमेत बनेका छन्।
उनले ५४ टी-२० आई खेलमा १०० विकेट पूरा गरेका हुन्। छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सूचीको पहिलो स्थानमा भने अफगानिस्तानका रसिद खानको नाममा छ।
उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए। सन्दीप टी-२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर पनि हुन्।
बलात्कार आरोप लागेका कारण केही समय मैदानबाहिर रहेका सन्दीले जारी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको खेलबाट फर्किएका हुन्। आज बिहान भएको बंगलादेशविरुद्धको खेलमा लामिछानेले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर केवल १७ रन दिए।